काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना फोनपे क्यूआर ग्राहकहरुलाई चाडपर्वको समयमा डिजिटल भुक्तानी गरी चाडपर्व अझै रमाईलो र भुक्तानी सहज गर्ने उद्देश्यले चाडपर्व अफर ल्याएको जानकारि दिएको छ ।
यो योजना अनुसार बैंकले आफ्ना फोनपे क्यूआर ग्राहकहरुलाई मिति २०७९ साल असोज ९ गते देखि लागू हुने गरी डिजिटल भुक्तानी मार्फत आकर्षक छुट प्रदान गर्ने जनाएको छ ।
“यस चाडपर्व लाईफ इजी बनाऔं, नगद छोडौं फोनपे गरौं“ भन्ने नाराका साथ क्यूआर प्रयोग गरी भुक्तानी गरेमा भुक्तानी रकमको १० प्रतिशत वा रु १००/– सम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।
साथ फोनपेबाट क्यूआर, आइबीएफटी तथा अनलाईन पेमेन्ट गर्दा हरेक दिन १ लाख जित्न सकिने छ । साथै फोनपे क्यूआरबाट भुक्तानी लिदा व्यवसायीहरुले हरेक दिन स्मार्टफोन जित्न सक्ने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS