काठमाडौं । कृषि विकास बैंक लिमिटेडको कार्यालय सहायक पदको लिखित परीक्षामा अत्यन्त कम परिक्षार्थीले मात्र नाम निकाल्न सफल भएका छन् ।
लोक सेवा आयोगका अनुसार बैंकको कार्यालय सहायक पदको लिखित परीक्षामा जनशक्ति मागकाे २९.१६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।
आयोग सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको लिखित परीक्षा नतिजा प्रकाशन शाखाका अनुसार ४८ पदका लागि १४ जना मात्रै लिखित परीक्षामा उत्तीर्ण भएका छन् ।
आयोगले शुक्रबार जारी गरेको नतिजा अनुसार परीक्षामा १८४ जना सहभागी थिए ।
अन्तर्वार्ताका लागि सम्बन्धित निकायमा सम्पर्क राख्न लोक सेवा आयोगले भनेको छ ।
FACEBOOK COMMENTS