काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेकाे छ । कम्पनीले एक सुचना मार्फत प्रमुख कार्यलयसहित ७ वटै प्रदेश कार्यलयकालागि विभिन्न पदमा कर्मचारी माग गरेकाे हाे ।
कम्पनीले जारी गरेकाे विज्ञापन सुचना अनुसार केन्द्रिय कार्यलयका लागि एक जना चिफ टेक्नोलोजी अफिसर र एक जना चिफ फाइनान्स अफिसर गरी जम्मा २ जना कर्मचारी माग गरेकाे छ ।
त्यसैगरी ७ वटै प्रदेशका लागि सिनिय अफिसर, एसिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर, म्यानेजर तथा सिनियर म्यानेजर पदका लागि कर्माचारी माग गरेकाे कम्पनीले जनाएकाे छ ।
उक्त पदहरुका लागि कम्पनीले स्नातक तहदेखि स्नाकोत्तर तहसम्म उत्तीर्ण भएको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।
कम्पनीका अनुसार केन्द्रिय कार्यलयमा माग गरिएका पदका लागि ७ वर्ष र प्रदेशका लागि माग गरिएका पदका लागि ५ वर्ष अनुभव भएकाे हुनुपर्ने छ ।
इच्छुक तथा योग्यता पुगेका ब्यक्तिले कार्तिक ४ गते दरखास्त दिइसक्नुपर्नेछ ।
FACEBOOK COMMENTS