सिद्धार्थ क्यापिटलको एजीएम शुक्रबार बस्दैछ ।
सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीले २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गर्नेछ । जसअनुसार कम्पनीले पाँच करोड रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।
सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
FACEBOOK COMMENTS