काठमाडाैं । कामना सेवा विकास बैंकले ठुलाे संख्यामा कर्मचरी माग गरेकाे छ । विकास बैंकले बिहिबार एक सुचना मार्फत विभिन्न पदका लागि दर्ज बढी कर्माचारीकाे लागि आवेदन खुलाएकाे जानकारी दिएकाे हाे ।
विकास बैंकले जारि गरेकाे सुचनामा ब्रान्च म्यानेजर, एसिस्टेन्ट रिलेसनसिप म्यानेजर, जेनरल सर्भिस र करारका लागि केहि स्टाफ माग गरेकाे उल्लेख छ ।
उक्त विभिन्न पदका लागि आवेदन दिन छुट्टा-छुट्टै याेग्यता आवश्यक रहेकाे जनाइएकाे छ । बैंकका अनुसार ब्रान्च म्यानेजरका लागि कम्तिमा ३ वर्ष सम्बन्धित क्षेत्रमा काम गरेकाे अनुभव हुनुपर्ने छ ।
त्यसैगरी एसिस्टेन्ट रिलेसनसिप म्यानेजरका र जेनरल सर्भिस डिपार्टमेन्टका लागि २ वर्ष काम गरेकाे अनुवभ हुनुपर्ने छ ।
यस्तै करारका लागि बैंक तथा फाइनान्स कम्पनीमा कमतिमा ३ महिना इन्टर्नसिप गरेकाे अनुवभ हुनुपर्ने जनाइएकाे छ ।
याेग्यता पुगेका तथा इच्छुक व्यक्तिले ३० अक्टाेबरसम्म आवेदन दिइ सक्नुपर्ने बैंकले जनाएकाे छ । अनलाइनबाट पनि आवेदन दिन सकिने छ ।
थप जानकारीका लागि बैंकमा नै सम्पर्क गर्न पनि बैंकले अनुराेध गरेकाे छ ।
FACEBOOK COMMENTS