काठमाण्डौ । तिहार बिदाअघिको अन्तिम कारोबार दिन आइतबारमा सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।
बजार आज १४.३५ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८५८.४९ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.८८ अंकले बढेर ३६५.९३ को विन्दुमा उक्लिएको छ। कारोबार रकम ५५ करोड रुपैयाँ बढीको भएको छ।
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ।
आज निर्जीवन बीमा समूह सर्वाधिक १.२२ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह १.०२ प्रतिशतले बढ्दा जलविद्युत समूहमा १ प्रतिशतको बढोत्तरी भएको छ। यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ०.७७ प्रतिशतले ओरालो लागेको छ।
यो दिन नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये २२१ कम्पनीका १५ लाख ३८ हजार ४२ कित्ता सेयर ५१ करोड ६८ लाख ३ हजार ४८४ रुपैयाँमा किनबेच भएका छन्।

आज एभरेस्ट बैंकको सर्वाधिक ५ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ३ करोड ३८ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन नेपाल बैंकको ३ करोड २० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको संस्थापक सेयरको २ करोड २९ लाख रुपैयाँ र गरिमा विकास बैंकको १ करोड ५१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
