काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाइल एप प्रयोगकर्ताहरुका लागि ‘महालक्ष्मी बैंक २–३–४ को जादु’ योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत महालक्ष्मी मोबाइल एप प्रयोग गरी दुई महिनासम्म तीन वटा कारोबार गर्ने ग्राहकहरु मध्ये भाग्यशाली चार ग्राहकहरुले स्मार्ट फोन प्राप्त गर्न सक्नेछन् । महालक्ष्मी मोबाइल एप प्रयोग नगरेका ग्राहकहरुलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजना १ नोभेम्बर २०२२ देखि ३१ डिसेम्बर २०२२ सम्म लागु हुने बैंकले जनाएको छ ।
ग्राहकले दुई महिनासम्म तीन वटा कारोबार गर्दा कारोबार रकम न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा माथि साथै कम्तीमा पनि एउटा कारोबार मोबाइल टपअपको हुनुपर्ने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS