काठमाडौं । कारोबारको पहिलो दिन सेयर बजार ४३.२० अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार ४३.२० अंकले बढेर नेप्से १९६५.३६ विन्दमा पुगेको छ ।
यस्तै, आज कारोबार असोज २ गते यताकै सबैभन्दा धेरै भएको छ । आज एक अर्ब ५४ करोडको कारोबार हुँदा ३९ लाख १३ हजार ५७३ कित्ता सेयर किनबेच भएको छ । यसरी सेयर बजार बढ्दा म्युचल फण्ड बाहेक सबै उप(सूचांकहरूमा हरियाली छाएको छ भन लगानीकर्ताहरु सबैभन्दा धेरै लघुवित्तको सेयरमा झुम्मिएका छन् । नेप्सेको अनुसार आज ४ वटा लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
सर्किट लाग्नेमा विन नेपाल लघुवित्त, जाल्पा लघुवित्त र नेष्डो समृद्ध लघुवित्त र उपकार लघुवित्त रहेका छन् । शनिबार जाल्पा लघुवित्तले सेयरधनीलाई ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै लघुवित्तहरुमा लगानीकर्ताको आकर्षण देखिएको जानकारहरु बताउँछन् ।
FACEBOOK COMMENTS