काठमाडाैं । पूँजीबजार बिस्तारका काम रोकिए प्रतिबादमा उत्रने लगानीकर्ताहरूले चातावनी दिएका छन् । शेयर लगानीकर्ताका विभिन्न ९ वटा संघहरूले साेमबार संयुक्त विज्ञप्ती मार्फत नेपालको पूँजीबजारलाई सही नीति नियम, अत्याधुनिक प्रविधि, पुर्वाधार र कडा नियमनद्धारा व्यवस्थित माग गर्दै सरकारवाला निकायलाइ ध्यनाकर्षण गराएकाे हाे।
‘लगानीकर्तासँग भएको सहमति र माग बमोजिम नेपाल स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड तथा नेपाल सरकारका अन्य निकायहरुद्धारा चालिएका कदमहरुमा केही स्वार्थी समुहबाट बाधा सिर्जना गर्ने र रोक्ने काम भएमा ५४ लाख आम नेपाली लगानीकर्ताहरुको तर्फबाट हामी सबै संघ संस्थाहरु फेरि सडकमा उत्रिने कुरामा सम्बन्धित सबैको ध्यानाकर्षण गराउँन चाहन्छौ । नेपालको पूँजी बजारलाई आधुनिक हुनै नदिने र सिमित व्यक्ति वा संस्थाको पकडमा मात्र राखिरहन खोज्ने संविधान र प्रतिस्पर्धा कानून विपरित प्रबृत्तिले ४० खर्ब भन्दा बढी पूँजीकरण पुगेको बजार आज २८ खर्बमा झरेको र लाखौं लगानीकर्तालाई पलायन हुन बाध्य पारेको अवस्था छ भने हुनै लागेका सुधार र बिस्तारका काम रोकिए झन ठूलो क्षति नेपालको पूँजी बजारले भोग्नुपर्ने र बर्षौ पछाडि धकेलिने तर्फ सम्बन्धित सरोकारवालाहरुलाई सतर्क गराउँछौ ।’ विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
यस्तै ५८ बुँदे सुझाव र १९ बुँदे सहमति तत्काल पूर्ण रुपमा कार्यान्वयन गराउन र कुनै बाधा विरोध सिर्जना नगरी लगानीको सुरक्षा गरी देशको अर्थतन्त्रको मेरुदण्डलाई मजबुत पार्नुका साथै लगानीको वातावरण तयार पार्न सरकार र सम्बन्धित निकायसँग उनीहरूले माग गरेका हुन् ।
संयुक्त विज्ञप्ती जारी गर्ने संघहरू:
१. नेपाल ईन्भेष्टर्स फोरम
२. नेपाल सेयरधनी संघ
३. स्वतन्त्र पूँजी बजार सुधार संघ
४. नेपाल पूँजी बजार लगानीकर्ता संघ
५. नेपाल धितोपत्र लगानीकर्ता संघ
६. सेयर लगानीकर्ता दबाब समूह
७. सेयर लगानीकर्ता संघ नेपाल
८. स्वतन्त्र पूँजीबजार संघ
९. लगानीकर्ता हित संरक्षण मन्च
FACEBOOK COMMENTS