काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS