काठमाडौं,कार्तिक ६- नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा तीन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल उडान सुरु गर्ने भएका छन् ।
कुवेतको जजिरा एयरवेज तथा भारतका दुई–स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयर नेपालमा आफ्नो सेवा सुरु गर्न इच्छुक देखिएका हुन् ।
नेपाल नागरिक उड्डयान प्राधिकरणले स्पाइस जेट र जजिरा एयरवेजलाई नेपालमा उडान गर्ने अनुमति दिइसकेको छ । त्यस्तै, भिस्तारालाई अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिकारणले जनाएको छ ।
प्राधिकरका अनुसार स्पाइस जेट र जजिराले मंसिर पहिलो हप्तादेखि नेपालमा उडान गर्नेछन् । आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS