काभ्रे । काभ्रे क्षेत्र नम्बर १ का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् पुर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ लालध्वजले आफ्नो प्रतिस्पर्धी उम्मेदवार एमालेका रेशम लामासहितका चुनावी अभियान टोलीसँग मत मागेका छन् ।
मंगलबार पनौती नगरपालिका वडा नं। ५ चौकोटमा एमालेका उम्मेदवार रेशम लामासहितको अभियान टोलीसँग लालध्वजले मत मागेका हुन् । वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार दोङले एमालेका नेता कार्यकर्ताहरुलाई विवेक पुर्याएर समुन्नत र विकसित काभ्रे निर्माणका लागि आफुलाई मत हाल्न अनुरोध गरे ।
एमाले नेता एवं संविधानसभा सदस्य एरामहरि सुवेदी लगायतका नेता कार्यकर्ताहरुमाझ दोङले आफु सबै पार्टीको साझा उम्मेदवार भएकाले संविधानको रक्षा र स्थिरताका लागि आफूलाई मत हाल्न आग्रह गरे । उनले स्थायीत्व र विकासका पक्षमा रहेका एमालेहरुले समेत आफूलाई मत हाल्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘रेशमजि लगायतका एमाले नेताहरू तल्लो स्तरमा झरेर गाली गलौचमा उत्रिनु भएको छ, म त्यो स्वभावको मान्छे हैन, चुनाव एउटा प्रक्रिया हो, मलाई पुर्ण विश्वास छ संविधानको पक्षधर साथीहरूले मलाई मत हालेर यो प्रक्रियालाई पूर्णता दिनुहुनेछ ।’
FACEBOOK COMMENTS