काठमाडाैं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को ३ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिकाे बारेमा मासिक रिपाेर्ट सार्वजनिक गरेकाे छ ।
देशकाे केन्द्रिय बैंक समेत रहेकाे राष्ट्र बैंकले जारी गरेकाे तथ्यांक अनुसार देशका महँगी, सरकारको खर्च लगतयतकाे सूचांकहरू निरासजनक छ ।
त्यसैगरी विदेशी विनिमय सञ्चितिमा भने अघिल्लाे महिनाकाे तुलनामा केहि सुधार भएकाे देखिन्छ । देशमा भित्रनै रेमिट्यान्स पनि सकारात्मक दिशातिर गइरहेकाे देख्न सकिन्छ ।
हेराैं देशकाे वर्तमान अवस्थाकाे आर्थिक सूचकहरू:
~ वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.५० प्रतिशत रहेको छ ।
~ आयात १६.२ प्रतिशतले, निर्यात ३५.७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १३.१ प्रतिशतले घटेको छ ।
~ विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.८ प्रतिशतले र अमेरिकी डलरमा ७९ प्रतिशतले बढेको छ ।
~ शोधनान्तर स्थिति रु.१२ अर्ब ४३ करोडले बचतमा रहेको छ ।
~ कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ४८ करोड अमेरिकी डलर रहेको छ ।
~ संघीय सरकारको खर्च रु.२७८ अर्ब १७ करोड र राजस्व परिचालन रु.२०८ अर्व ५८ करोड रहेको छ ।
~ विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ५.३ प्रतिशतले बढेको छ ।
~ बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.४ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.३ प्रतिशतले बढेको छ ।
~ वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ८.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.४ प्रतिशत रहेको छ ।
याे पनि:
काम गर्न विदेश जानेकाे संख्या १२३.१ प्रतिशतले वृद्धि, रेमिट्यान्स पनि बढ्याे
१ महिनामा ५७६ कराेडले बढ्याे विदेशी विनिमय सञ्चिति, साढे ९ महिनाको आयात धान्न पुग्ने
FACEBOOK COMMENTS