Warning: Undefined array key 4 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 5 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 6 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 7 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 8 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 9 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 10 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 11 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल पुनर्बीमा कम्पनीको खुद नाफा १०.४५ प्रतिशतले बढेको छ। कम्पनीले यस अवधिमा ६७ करोड ३८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६१ करोड १ लाख खुद मुनाफा कमाएको थियो।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको निर्जीवन तर्फको मुनाफामा कमि आएको छ। यो तीन महिनामा कम्पनीले निर्जीवन तर्फ ५६ करोड ५० लाख रुपैयाँ मुनाफा कमाएको छ। जबकी गत वर्षको तुलनामा ५७ करोड ५३ लाख मुनाफा बमाएको थियो। त्यस्तै जीवन तर्फ यो वर्षको तीन महिनामा १० करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ भने गत वर्ष मात्रै करिब साढे ३ करोड कमाएको थियो।
यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १५ दशमलब ८९ प्रतिशतले बढेको छ। कम्पनीले २०७९ असार मसान्तसम्ममा निर्जीवन तर्फ ८ अर्ब ८७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा जीवन तर्फ भने एक अर्ब ८८ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ९ अर्ब २९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा नेपाल पुनर्बीमाको खुद दाबी भुक्तानी ५५ प्रतिशतले बढेको छ। पुनर्बीमाले ८ अर्ब १३ करोडको खुद दाबी भुक्तानी गरेको छ। जसमा निर्जीवन तर्फ ५ अर्ब ८ करोड रुपैयाँ र जीवन तर्फ तीन अर्ब १० करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ। कम जोखिम रहने जीवन बीमा तर्फ पनि नेपाल पुनर्बीमाले राम्रै दाबी भुक्तानी गरिरहेको छ । जीवन बीमा कम्पनीहरुले मृत्यु दाबी भुक्तानी पुनर्बीमा मार्फत नै बहन गराउने गरेकाले पनि यति धेरै दाबी देखिएको हो । जवकी पुनर्बीमाले गत वर्ष जीवन तर निर्जीवन गरेर ५ अर्ब २७ करोड रुपैयाँको मात्रै दाबी भुक्तानी गरेको थियो ।
जगेडा कोष १३३ प्रतिशतले बढेको छ । हाल जीवन र निर्जीवन सहित जगेडा कोषमा ६ अर्ब ८२ करोड रुपैयाँ छ । पुनर्बीमा कमिशन खर्च १९ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले २ अर्ब ९६ करोड रुपैयाँ खर्च गर्दा जीवन तर्फ २ करोड ८५ लाख र निर्जीवन तर्फ २ अर्ब ९३ करोड रुपैयाँ पुनर्बीमा खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिम २ अर्ब ४७ करोड रुपैयाँ कमिशन तिरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले निर्जीबन तर्फको अझै एक अर्ब ८७ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ। अघिल्लो आर्थिक वर्षमा एक अर्ब ७९ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी थियो ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७८ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १६१ रुपैयाँ ५ पैसा रहेको छ।
FACEBOOK COMMENTS