काठमाडौं । पत्रकार भनेकाे स्वतन्त्र र निष्पक्ष हुनुपर्छ । पत्रकारकाे काम भनेकाे सत्य तथ्यलाई उजागर गरेर जनतालाई सुसूचित बनाउने हाे । यहीनै हाे पत्रकारकाे धर्म र कर्तव्य ।
तर, पत्रकारहरू पार्टीकाे गाेट्टि बन्दा यतिबेला नेपालकाे पत्रकारिता नै बदनाम हुँदै गएकाे छ । बेला-बेलामा पत्रकारहरूले दलका कार्यकर्ता जसरी नै खुलेर पार्टीकाे भक्ती गाउँदा पत्रकारीता पेशाप्रतिनै जनविश्वास घट्न थालेकाे छ ।
पत्रकारहरूकाे पनि राजनीतिक दल र नेपाप्रति विश्वास र आश्था हुनु स्वभाविक हाे । तर, कुनै पर्टीमा आवद्ध भएर त्यही पार्टीकाे भक्ती पत्रकारीतामा पेशामा देखाउनु चाँही यस पेशा प्रतिकै अपमान हाे ।
तर, नेपालमा पर्टीमा सक्रिय रूपमा नलागेका पत्रकारहरू भेटाउनै मुस्किल छ । र, उनीहरूले तथ्यलाइ बङ्ग्याएर पर्टीकाे हितमा लादनु हाम्राे देशका लागि स्वभाविक हाे ।
यसैगरी पछिल्लाे समय पत्रकारहरू पार्टीकाे गाेट्टि बन्दा चुनावकाे माैन अवधिकाे नै खिल्ली उढेकाे छ । यतिमात्र हाेइन पत्रकारहरूबीच नै द्वन्द चलेकाे छ ।
नेकपा माओवादीनिकट पत्रकार संगठन प्रेस सेन्टरले एमालेका पत्रकारले विभिन्न अनलाइनमा प्रकाशन भएजसरी प्रविधिको दुरुपयोग गरी स्क्रिनसट गरेर भ्रम फैलाएको भन्दै आपत्ति जनाएको छ।
विज्ञप्ति जारी गर्दै सेन्टरले नेकपा (एमाले) का प्रचार विभाग सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायत एमाले सम्बद्ध केही पत्रकारले केही अनलाइन तथा पत्रिकाका समाचारलाई प्रविधिको दुरुपयोग (सोर्स कोड परिवर्तन) गरी सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोप लगाएको छ ।
सञ्चारमाध्यमका समाचारमा सोर्स कोड परिवर्तन गरी हुँदै नभएको विषयलाई शीर्षक र समाचार बनाई स्क्रीनसट गरेर सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै सेन्टरका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ ले विज्ञप्तिमा आपत्ति जनाएका छन् ।
‘सञ्चारमाध्यममा प्रकाशित समाचारलाई इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रम फैलाउनु, सोर्स कोड परिवर्तन गर्नु र त्यसकै स्क्रीनसट गरी सामाजिक सञ्जालमा पोष्ट गर्नु साइबर अपराध हो । सम्बन्धित सञ्चारमाध्यमको लोगो र नाम जोडेर बदनाम गर्नु अर्को अपराध हो । यस्तो गलत कार्य पत्रकारिताको मूल्यमान्यता र आचारसंहिताको घोर उलङ्घन पनि हो’, विज्ञप्तिमा भनिएको छ ।
प्रेस सेन्टरकाे जवाफ अहिलेसम्म चाैतरीले दिएकाे छैन् ।
FACEBOOK COMMENTS