काठमाडौं, कार्तिक १५ सनराइज बैंक लिमिटेडको १२ औँ वार्षिक साधारणसभा आज शुक्रबार हुँदैछ ।बैंकले नक्साल स्थिति नक्साल ब्यांक्वेटमा सभा आह्वान गरेको छ ।
साधारणसभाले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गरिने प्रस्ताव गरिएको चुक्तपुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँको १० प्रतिशतको दरले हुन आउने ८१ करोड ५२ लाख ५५ हजार ५८५।१० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने पारित गर्नेछ ।
त्यस्तै लाभांश करसहितको चुक्तापुँजीको ५.८० प्रतिशतको दरले हुन आउने ४७ करोड २८ लाख ४८ हजार २३९.३६ रुपैयाँबराबर नगद लाभांश वितरणको प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ ।
बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज ३० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउने सक्ने छन् ।
FACEBOOK COMMENTS