काठमाडाैं । बुधबार शेयर बजार परिसूचक नेप्से ७.७२ अंकले घटेर १९२१.९९ को बिन्दुमा रोकिएको छ ।
आज कारोबारमा आएका २२३ कम्पनीको २८ लाख ३९ हजार ३ सय ७३ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब २ करोड २२ लाख ९३ हजार ५ सय ५२ रुपैयाँ ८३ पैसाको कारोबार भएको छ । जस मध्ये नेपाल बैंकको सर्वाधिक १२ करोड ७७ लाखको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ११ करोड ९ लाखको कारोबार भएको छ । त्यस्तै सिभिल बैंकको ६ करोड ८२ लाखको कारोबार भएको छ भने शिवम सिमेन्टको ६ करोड ६ लाखको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये दुइ कम्पनीकाे शेयरमा सकरात्मक सर्किट लागेकाे छ । यस दिन सिभिल बैंकको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । हिमालयन बैंकसँग गाभिने प्रक्रियामा रहेको सिभिल बैंकको कारोबार आज नै खुलेको हो । त्यस्तै लेम्दी हाइड्रोको शेयर मूल्य ९.९८ प्रतिशत बढेको हाे । जानकी फाइनान्सको शेयर मूल्य ५.६० प्रतिशत र पिपुल्स पावरको शेयर मूल्य ५ प्रतिशतले बढेको छ ।
भने धौलागिरी लघुवित्तको शेयर मूल्य ३.९९ प्रतिशत बढेको छ । आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य सर्वाधिक ४.७८ प्रतिशत घटेको छ ।
आज कारोबारमा आएका समुहगत सूचक मध्ये उत्पादन तथा प्रशोधन र ट्रेडिङ समुहको सूचक बाधेक सबै समुहगत सूचक घटेका छन् ।
FACEBOOK COMMENTS