काठमाण्डौं । कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको भर्खर सम्पन्न मतगणनामा उनले नेकपा एमालका लेखराज भट्टलाई पराजित गरेका थिए ।
नव निर्वाचित बलायरले २६ हजार एक सय ७१ मत पाउँदा भट्टले २२ हजार पाँच सय ३३ मत पाएका हुन् । उनीहरुको मतान्तर तीन हजार चार सय ३८ छ ।
विसं २०७० मा डोटीबाट निर्वाचित भएका बलायरले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । अघिल्लो निर्वाचनमा उनी तत्कालीन एमालेका प्रेमबहादुर आलेसँग पराजित भएका थिए ।
FACEBOOK COMMENTS