काठमाडौं । जमानत जफत हुनबाट रेखा थापा बचेकि छिन् । राष्ट्रय प्रजातन्त्र पार्टीबाट मोरङ क्षेत्रनम्बर ३ मा उम्मेदवारी दिएकी थापा जमानत जफत हुनबाट बचेकि हुन् ।
विभिन्न पार्टीहरु चाहार्दै राप्रपासम्म पुगेगि थापाले १७७८ बढी भोटले जमानत जोगाएकी हुन् । उनले कुल सदर मतको ११.९२ पतिशत मत ल्याएकी छिन् । उनले कुल १० हजार ९९८ भोट ल्याएकी हुन् ।
उक्त क्षेत्रमा जमानत जोगाउन ९ हजार २२० भोट ल्याउनु पर्ने हुन्छ । नायिका समेत रहेकी थापाले जमानत जफत हुन चाहिने भन्दा १७७८ मत बढी ल्याएकी हुन् ।
साे क्षेत्रकाे कुल सदर मात ९२ हजार २०१ छ ।
उक्त क्षेत्रबाट नेपाली कांग्रेसका सुनिस कुमार शर्मा निर्वाचित भएका छन् । गठबन्धनको साझा उम्मेदवार रहेका शर्माले ४८ हजार ६६१ भोट ल्याएर विजयी भएका हुन् ।
उनले नेकपा एमालेका नेता भानुभक्त ढकाललाई २२ हजार ७३६ मतान्तरले हराएर विजयी भएका हुन् । ढकालले २५ हजार ८९५ मत प्राप्त गरे ।
ढकाल पूर्व स्वास्थ्यमन्त्री हुन् भने शर्मा विराटनगरस्थित नोबेल र काठमाडौं मेडिकल शिक्षण अस्पतालका सञ्चालक हुन् ।
२०७४ को निर्वाचनमा शर्मालाई ढकालले हराएका थिए ।
FACEBOOK COMMENTS