काठमाण्डौं । कैलाली क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यलाई निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ४ ले प्रमाणपत्र वितरण गरेको छ ।
निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका वीरबहादुर बलायर, प्रदेशसभामा निर्वाचित नेकपा एकीकृृत समाजवादीका दीर्घबहादुर सोडारी र प्रदेशसभामा निर्वाचित प्रकाश बमलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन् ।
बिगत लामो समय देखी राजनितीक दलमा आबद्ध भएका उनीहरु सामाजसेवामा पनि उत्तिकै खटीदै आएका छन् ।
उनीहरु अलग अलग पाटीका भएतापनी एकसाथ मिलेर काम गर्ने बताउछन् ।
नव निर्वाचित सांसद बलायरले निर्वाचन सम्पन्न गराउनमा सहयोग गर्ने सम्पूर्ण निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी र सुरक्षाकर्मीलगायत सम्पूर्णलाई धन्यावाद ज्ञापन गरे ।
FACEBOOK COMMENTS