काठमाडौं – २ अर्ब रुपैयाँ निजी लगानीमा कैलालीमा एभरेष्ट कलेज अफ मेडिकल साइन्स अस्पताल खुल्ने भएको छ ।
३०० बेडको अस्पतल धनगढीको गेटामा नयाँ ठुलो अस्पताल खोल्न लागेको हो ।
एभरेष्ट कलेज अफ मेडिकल साइन्स प्राइभेट लिमिटेडको लगानीमा सुदुरपश्चिममा सञ्चालनमा आउन लागेको एभरेष्ट सबैभन्दा ठुलो अस्पताल हुनेछ । अस्पताल खोल्नका लागि हाल वातावरणीय प्रभाव मूल्याँकन (ईआईए) को काम भइरहेको छ ।
अस्पतालमा नेपालगञ्ज मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज र गण्डकी मेडिकल कलेजको संयुक्त लगानी रहेको छ ।
आगामी ३ महिनापछि अस्पतालको निर्माण शुरु गरी २०७७ वैशाखदेखि सञ्चालनमा ल्याउने कम्पनीको योजना छ । नाम मेडिकल कलेज भएपनि मेडिकल कलेज सञ्चालनका लागि सरकारबाट आशयपत्र पाएको छैन ।
अस्पतालले पहिलो चरणमा न्युरो, मुटु, युरोलोजी सम्बन्धित र जनरल सेवा सुरु बताएको छ । त्यसपछि विस्तार अन्य रोगेको उपचार सुरु हुने छ । सञ्चालनमा आएको केही वर्षपछि अस्पताल विस्तार गरी ७५० शैयाको बनाउन तयारी छ ।
FACEBOOK COMMENTS