काठमाडाैं । नेपाल बीमा प्राधिकरणले ७ वटा कम्पनीलाई लघुबीमाको लाईसेन्स दिने निर्णय गरेको छ । प्राधिकरणले जीवन बीमा तर्फ ३ र निर्जीवन बीमा तर्फ ४ गरि कुल ७ कम्पनीलाई लाईसेन्स दिने निर्णय गरेको हो।
लघुबीमाको लागि ३१ वटा कम्पनीले आवेदन दिएकोमा कम्पनीले आवेदन माग गर्दा उल्लेख गरेकै अनुसार ७ कम्पनीलाई लाईसेन्स दिने निर्णय गरेको हो ।
उक्त ७ वटै कम्पनीको मुख्य कार्यालय छुट्टाछुट्टै प्रदेशमा रहने छ ।
यी हुन जीवन बीमातर्फ छनौट भएका कम्पनीहरू:
१) गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स लि.,
२) क्रेष्ट माइको लाईफ इन्स्योरेन्स लि
३) लिबर्टी माइको लाईफ इन्स्योरेन्स लि.
यी हुन निर्जीवन बीमातर्फ छनौट भएका कम्पनीहरू:
१) ट्रष्ट माइक्रो इन्स्योरेन्स क. लि.
२) नेपाल माइक्रो इन्स्योरेन्स क. लि
३) स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लि.
४) प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि
FACEBOOK COMMENTS