काठमाडौं। चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गर्ने नेपाल राष्ट्र बैंकले घोषणा गरेको छ ।
आइतबार केद्रिय बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै मार्गदर्शन कार्यान्वयनमा केही समस्या भए सुझावहरुका आधारमा संशोधन हुने प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।
चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गर्न नीजि क्षेत्रले माग गर्दै आएको थियो ।
नेपाल उद्योग बाणिज्य महासंले चालू पुँजी मार्गदर्शन २०७९ का व्यवस्थाले मुलुकको उद्यम व्यवसायमा प्रतिकूल असर पर्नेतर्फ महासंघको गम्भीर ध्यानाकर्षण भएको भन्दै सुधार गर्न सुझाव दिएको थियाे।
उत्पादनमूलक उद्योग र व्यवसायको लागि चालू पुँजी कर्जाको सीमा निर्धारणमा फरक गरिनुपर्ने महासंघको सुझाव थियाे।
FACEBOOK COMMENTS