पाल्पा । पाल्पा उद्योग वाणिज्य संघको सोमबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित भएका छन् ।
निर्वाचनमा भट्टराईले ६ सय ४१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी राजिव श्रेष्ठले २ सय १ मत पाए । ४ सय ४० फराकिलो मतान्तरमा निकटतम प्रतिस्पर्धीलाई पराजित गरेका हुन् । कुल १ हजार ५५ सदस्य रहेको पाल्पा उद्योग वाणिज्य संघमा ८ सय ४५ मत खसको थियो । तीन मत बदर भएको निर्वाचन अधिकृत टंकप्रसाद भट्टराईले बताए ।
अध्यक्ष पदमा निर्वाचित भट्टराई यसअघि सदस्य, महासचिव, उपाध्यक्षमा बसेर काम गरेको अनुभव छ । उनी १५ वर्षदेखि निरन्तर उद्योग, वाणिज्य संघमा कार्यरत हुन् । प्रतिस्पर्धी श्रेष्ठ निवर्तमान कोषाध्यक्ष हुन् । संघको उद्योग उपाध्यक्ष पदमा भएको निर्वाचनबाट उत्तम कुमार बज्राचार्यले १ सय ७ पाए । निकटतम् प्रतिस्पर्धी रमेशराज बज्राचार्य ४० मत पाए । संघको वाणिज्य उपाध्यक्षमा भीमबहादुर श्रेष्ठ निर्विरोध भएका हुन् ।
FACEBOOK COMMENTS