काठमाडाैं । निर्वाचन आचारसंहिता मङ्सिर २६ गतेसम्म जारी रहने छ। प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि गत असोज १२ गते देखि निर्वाचन आयोगले आचार संहिता लागु गरेको थियो ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा ९२० बमोजिम मिति २०७९/०६/१२ देखि मुलुकभर लागू रहेको निर्वाचन आचारसंहिता संवत् २०७९ साल मङ्सिर २६ गतेदेखि लागू नरहने निर्णय निर्वाचन आयोगले गरेको हो ।
प्रस्तुत निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा गराइएको आयोगले जनाएको छ ।
FACEBOOK COMMENTS