काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडको २८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक बर्ष २०७८/०७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र बार्षिक प्रतिवेदन पारित गरेको बैंकले जनाएके छ ।
साधारण सभाले शेयरधनीहरुलाई आब २०७८/०७९ का लागि १३५ बोनस शेयर र ७.६८५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै बैंकले अधिकृत पूँजी रु १००० करोडबाट बृद्धि गरि रु १५०० करोड गरि प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको जनाइएकाे छ ।
बैंकले ७ प्रतिशत कन्भर्टिबल प्रिफिरेन्स शेयर अन्तिम पटक साधरण शेयरमा परिणत हुने र प्रस्तावित बोनस शेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी बृद्धि हुने भएकोले जारी र चुक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाबाट पारित भएकाे छ ।
सभाले आब २०७९/८० को लागि एन अमात्य एंड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गरेकाे छ ।
FACEBOOK COMMENTS