काठमाडौं । गरिमा विकास बैंकले साधारणसभा आह्वान गरेको छ ।
बैंकले पुस २२ गते शुक्रबार पोखराको बिरौटा स्थित होटेल पोखरा ग्रान्डमा सभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०७८र७९ सम्म सञ्चित रहेको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १।५० प्रतिशत नगद लाभांश गरि कुल १४।५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
बैंकले साधारणसभा प्रयोजनको लागि पुस ८ देखि पुस २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
FACEBOOK COMMENTS