काठमाडाैं । शिवम सिमेन्टले लाभांश घोषणा गरेको छ ।
बुधबार बसेको सञ्चालक समितिको बैंठकले सेयरधनीलाई २०७८/०७९ को नाफाबाट नगद १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले पुषको २९ गते साधारण सभा गर्ने निर्णय गरेको छ भने कम्पनीको बुक क्लोज पुष २० गते गर्ने जनाएको छ ।कम्पनीले घोषणा गरेको लाभांश सातौँ साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउँनेछन् ।
FACEBOOK COMMENTS