काठमाडौं । नेपाल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको २ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।
FACEBOOK COMMENTS