काठमाडौं । एनएमबि बैंकको स्वतन्त्र संचालकमा बन्दना पाठक नियुक्त भएकी छिन् । बुधबार बसेको संचालक समितिको बैठकले पाठकलाई स्वतन्त्र संचालकमा गरेको हो ।
पाठक यसअघि नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको डेपुटी सीईओको रुपमा कार्यरत थिइन् ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेकी पाठकसँग २९ वर्षसम्म बैकिङ क्षेत्रमा निरन्तर काम गरेको अनुभव छ ।
FACEBOOK COMMENTS