काठमाडाैं । भ्रष्ट्राचार आरोपमा सजाय पाएको व्यक्ति अब बैंक तथा वित्तीय संस्थाकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न पाउने छैनन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतको योग्यताबारे जारी गरेको नयाँ निर्देशन अनुसार भ्रष्ट्राचार आरोपमा सजाय पाएको व्यक्ति सीईओ बन्न पाउने छैनन् ।
यस अघि बेइमानी वा जालसाजीको आरोपमा सजाय पाएको व्यक्ति सीईओ हुन नपाउने ब्यबस्था रहकोमा अब भ्रष्ट्राचार आरोपमा सजाय पाएको व्यक्तिपनि प्रमुख कार्यकारी अधिकृत हुन् नपाउने ब्यबस्था गरिएको हो।
यसका साथै प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको र सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भई नसके ब्यक्ति पनि अब बैंक तथा वित्तीय संस्थाकाे सीईओ बन्न पाउने छैनन् ।
प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको र आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भई सके पछि मात्र सीईओ हुन् पाउने नयाँ निर्देशनमा उल्लेख गरिएकाे छ ।
नयाँ ब्यबस्था अनुसार अब प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति सजाय भुक्तान गरी सफाई पाएको ५ वर्ष व्यतीत भएपछि मात्र बैंक तथा वित्तीय संस्थाको शेयरधनी हुन पाउने छ ।
FACEBOOK COMMENTS