पोखरा । वलिउड अभिनेता विवेक ओवरायले अन्नपुर्ण केबलकारको भ्रमण गरेका छन ।
गत बुधबार नेपाल भ्रमणमा आएका अभिनेता ओवरायले आइतबार परिवार सहित केबलकारको भ्रमण गरेका हुन् ।
परिवार सहित पोखरामा रहेको अन्नपूर्ण केबरकारबाट सेदि देखि साराङ्कोट सम्म यात्रा गरेका हुन् । केबुलकार यात्राको क्रममा देखिने पोखराका तालतलैया र अन्य मनोरम दूश्यहरुबाट अत्यन्त आनन्दको अनुभव भएको सुनाए ।
अभिनेता ओवरायलाई अन्नपूर्ण केबुरकारका बजार प्रबन्धक अरुण कोइरालाले केबुलकारमा स्वागत गर्नुभएको थियो ।
करिब एक वर्ष अधि पोखराको सेदि देखि साराङ्कोट सम्म सञ्चालनमा आएको अन्नपूर्ण केबरलकार पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि आकर्षक गन्तब्य बनेको छ ।
केबुलकार विहान ५ बजेदेखि साँझ साढे ५ बजेसम्म सञ्चालनमा रहने हुदाँ साराङ्कोट बाट सूर्याेदय हेर्न जाने पर्यटकहरुका लागि समेत थप सहज भएको छ ।
FACEBOOK COMMENTS