काठमाडाैं । सरकारले काराेना सम्बन्धी प्राेर्टाेकल पालना गर्न अनुराेध गरेकाे छ । चिनमा काेराेनाकाे नयाँ भेरियन्ट ‘बिएफ.७’ फैलिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत प्राेर्टाेकलकाे पालना गर्न, प्रवेश बिन्दुका हेल्थ डेस्कहरु तथा स्वास्थ संस्थाहरु आवश्यक स्क्रीनिंग, निगरानी, सतर्कता एवंम आवश्यक तयारी अवस्थामा रहना अनुराेध गरेकाे हाे ।
‘कोभिड-१९ को संक्रमणको जोखिम फरक स्वरुपमा देखिरहेको पछिल्लो अवस्थालाई मध्य नजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैमा मास्कको प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रुपमा दुरी कायम राख्नु हुन र व्यक्तिगत हातको सरसफाईमा विशेषत ध्यान दिनुहुन हार्दिक अनुरोध छ ।’ मन्त्रलालयले शुक्रबार जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘सम्पूर्ण प्रवेश बिन्दुका हेल्थ डेस्कहरुले तथा स्वास्थ संस्थाहरुले आवश्यक स्क्रीनिंग, निगरानी, सतर्कता एवंम आवश्यक तयारी अवस्थामा रहनुहुन पनि यसै बिज्ञप्ति मार्फत सतर्क गराइन्छ।’
यद्यपि चिनमा अहिले फैलिएकाे ‘बिएफ७’ हालसम्म नेपालमा फेला नपरेकाे मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा बिए.२, बिए.२.७५, बिए.२.७५.१, बिए.२.७५.२, बिए.२.७५.३, बिए.२.७५.५, बिए.२.७५.६, बिए.२.७६, बिए.५.२, बिए.५.२.१, बिएम.१, बिएम.१.१.३, बिएन.१.३, बिक्यू.१.२, बिवाइ.१ र एक्सबिबि भेरियन्टहरू फेलापरेकाे छ ।
FACEBOOK COMMENTS