काठमाडाैं । नयाँ सरकार गठबनका लागि छलफल गर्न बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वान टु वान वार्ता सुरु भएको छ।
गठबन्धनको निर्णायक बैठकअघि देउवा–दाहाल वान टु वान वार्तामा बसेका हुन्। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आज सम्मको समय दिएकी छन्।
यसअघि नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच बालुवाटारमैसरकारको नेतृत्वबारे छुट्टै बैठक बसेको थियो ।
नेपाली कांग्रेसले सरकारको नेतृत्व माओवादीलाई दिन नसक्ने स्पष्ट सन्देश दिइसकेको छ । प्रधानमन्त्री देउवाको सन्देश लिएर आज बिहान प्रचण्डलाई भेट्न पुगेका कांग्रेस नेता विमलेन्द्र निधिले प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले छोड्न नसक्ने सन्देश दिएका थिए ।
गठबन्धनकै नेतृत्वमा सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सहमत छन् । तर सबैभन्दा पहिला सरकारको नेतृत्व कसले गर्ने भन्नेबारेमा सहमति जुट्न सकेको छैन ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार चलाउने विकल्पमा पनि छलफल भइरहेको छ ।
FACEBOOK COMMENTS