काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको सत्ता गठबन्धनलाई कायम राख्दै यही गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि समेट्नुपर्ने बताएका छन् ।
उनले सत्तामा नयाँ र अनुभवीको संयोजन गर्न पनि रास्वपालाई सरकारमा सहभागी गराउनुपर्ने धारणा ट्विट गर्दै सार्वजनिक गरेका हुन् ।
एक्लो बहुमत कुनै पनि दलसँग नभएको र गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थितिमा लचकता, सहकार्य र विश्वासका आधारमा अघि बढ्नुपर्नेमा जोड दिए ।
कांग्रेस र माओवादी केन्द्रले २/२ वर्ष तथा एकीकृत समाजवादीले एक वर्ष सरकारको नेतृत्व गरेर जानुमै परिपक्कता हुने उनको भनाइ छ ।
यसलाई अघि बढाउन कार्यान्वयनमा पारदर्शिता र एकता जरुरी रहेको उनले बताएका छन् ।
FACEBOOK COMMENTS