काठमडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन छोडेर गएको नभई खाना खाना केही बेरका लागि मात्र बालुवाटारबाट बाहिरिएको बताएका छन् ।
प्रचण्ड बालुवाटारबाट बालकोटतिर गएको तथा उनले पार्टीको आन्तरिक बैठकमा गठबन्धनको औचित्य सकिएको ‘ब्रिफिङ’ गरिरहेका बेला उपसभापति खड्काले उनी गठबन्धनकै पक्षमा रहेको जिकिर गरेका हुन् ।
“प्रचण्ड केही समयका लागि बैठक रोकेर खाना खाना जानुभएको हो । उहाँले आन्तरिक छलफल पनि गर्नुहुन्छ होला,” खड्काले भने, “उहाँ फेरि आउँदै हुनुहुन्छ । अर्को बैठकमा एउटा निष्कर्ष निस्कन्छ ।”
याे पनि:
राष्ट्रपतिका लागि पाैडेलकाे दाैडधुप, गगन समूहको दवाबले पोल्टाको पनि गुम्ने खतरा
गठबन्धनमा दरार: प्रचण्डले एमाले कार्ड फाल्दा गैरबाम सरकारको तयारीमा देउवा
प्रचण्डपछि माधव र झलनाथ पनि बालुवाटारबाट बाहिरिए
FACEBOOK COMMENTS