काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हठ, हतारो र आवेगमा कुनै निर्णय नगर्न सचेत गराएका छन्। सत्ता गठबन्धन टुटेको सन्देश सार्वजनिक भएसँगै उनले ट्विट गर्दै धारणा सार्वजनिक गरेका हुन्।
सत्ता गठबन्धनका दलहरुबीच सहमतिको विकल्प सकिएको निष्कर्ष निस्किँदै गर्दा शर्माले लेखेका छन् ‘विकल्पहरुको विकल्पमा जुट्नुको विकल्प छैन’
उनले आलोचनाबीच गठबन्धन गर्ने, तर अपेक्षाको बीचमा जोगाउन नसक्ने अवस्था आउन नदिनु नहुने पनि उल्लेख गरेका छन्। ‘समयले अभिभावकत्व खोजेको छ। यो पनि र त्यो पनि भनिरहँदा, न यो न त्यो हुने अवस्थामा पुग्नु हुन्न,’ उनको भनाइ छ।
FACEBOOK COMMENTS