काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मित्रराष्ट्र चीनले बधाई तथा शुभकामना दिँएको छ । प्रधानमन्त्री दाहाललाई यहाँस्थित चिनियाँ राजदूतावासका तर्फबाट बधाई दिइएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल आइतबार मात्रै प्रधानमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सोमबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।
नवनियुक्त प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार यहाँस्थित चीनका कार्यवाहक राजदूत वाङ सिनले टेलिफोनमार्फत बधाई दिएका हुन ।
राजदूतले माओवादीका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएकामा बधाई दिँदै उनको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने बताए । चिनियाँ दूतावासका प्रवक्ताले सामाजिक सञ्जाल ट्विटरमार्फत ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’ भनिएको छ ।
FACEBOOK COMMENTS