काठमाडौं । काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरले शिष्टाचार भेट गरेकी छिन् ।
भेटका लागि उनी आज उपप्रमुखको कार्यकक्षमा आएकी थिइन् ।
भेटका क्रममा उपप्रमुख डंगोलले भित्री सहरी क्षेत्रका परम्परागत भवन निर्माण गर्न घर धनीलाई सहुलियत दिने गरिएको, महिला हिँसा न्युनीकरणका लागि वडा स्तरीय महिला सेल गठन गरिएको बताइन् ।
साथै उनले न्यायिक समितिमा उजुृरी आउनु अघि वडास्तरीय मेलमिलाप कक्षमा छलफल गराउने प्रयास गरिएको, फोहोर व्यवस्थापनका लागि विभिन्न अवधारणा अघि सारिएको तीमध्ये उपयुक्त विधिको छनौट गर्ने योजना रहेको बताइन् । राजदूत क्याप्लरले सोध्नुभएका प्रश्नको जवाफमा उनले यस्तो बताएकी हुन् ।
राजदूत क्याप्लरले सहरी विकासका पूर्वाधार, सम्पदा क्षेत्रका संरचनाको व्यवस्थापन, महानगरको निर्णय प्रक्रिया लगायत विषयमा जिज्ञासा राखेकी थिइन् ।
FACEBOOK COMMENTS