काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुँजी बजार विकास, विस्तारका लागि नयाँ स्टक आवश्यक रहेको बताएका छन् ।
अर्को स्टक हुने हो भने सेयर बजारमा उचित प्रतिस्पर्धा हुने र बजारको विकास तथा विस्तार हुने उनको भनाइ छ । शुक्रबार स्टक ब्रोकर एसोसिएसन अफ नेपालको २८औं वार्षिक साधारणसभामा हमालले अबको दिनमा बजारमा प्रतिस्पर्धा अति नै आवश्यक रहेको बताए ।
अध्यक्ष हमालले रियल सेक्टरलाई बजारमा ल्याउन पारदर्शी र प्रतिस्पर्धी हुन आवश्यक रहेको त्यसका लागि अर्को स्टक आवश्यक रहेको उनको तर्क छ ।
ब्रोकर शाखा बिस्तार गर्न २१ दिनभित्र अनुमति दिने गरि काम भइरहेको र त्यसका लागि समिति गठन गरिएको उनले बताए । हमालले कार्यक्रममा लगानीकर्ताहरुले भनेको समस्या समाधान गर्नका लागि राष्ट्र बैंकसँग छलफल गर्ने बताए ।
कार्यक्रममा नेपाल स्टक एक्सचेञ्जका सीईओ कृष्णबहादुर कार्किले वित्तीय साक्षरता सबै मिलेर संयुक्त रुपमा गर्नुपर्ने बताए । सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्यले वैदेशिक रोजगारिमा रहेका १० हजार बढी लगानिकर्ता सहभागी रहेको बताए ।
FACEBOOK COMMENTS