काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेप ५३ खर्ब नाघेको छ । यो अहिलेसम्मकै बढी हो ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले मंगलबारसम्म ५२ खर्ब ९५ अर्ब निक्षेप संकलन गरेको थियो । एकै दिनमा निक्षेप ७ अर्बले बढेर ५३ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ४७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै , वाणिज्य बैंकले मात्रै ४६ खर्ब ७५ अर्ब निक्षेप संकलन गरेका छन् । मंगलबार वाणिज्य बैंकले ४६ खर्ब ६८ अर्ब निक्षेप संकलन गरेको थियो ।
वाणिज्य बैंकले प्रवाह गरेको कर्जा मंगलबारसम्म ४२ खर्ब २० अर्ब रहेको थियो भने बुधबार ४२ खर्ब २१ अर्ब रहेको छ । वाणिज्य बैंकले प्रवाह गरेको कर्जा बुधबारसम्म ४२ खर्ब २१ अर्ब रहेको छ । मंगलबारसम्म ४२ खर्ब २० अर्ब रहेको थियो ।
अन्य बैंक तथा वित्तीय संस्थाले ६ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ५ खर्ब ४६ अर्ब कर्जा प्रवाह गरेका छन् । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.५६ प्रतिशत रहेको छ । यस्तै अन्तर बैंक ब्याजदर ६.८३ प्रतिशत रहेको छ ।
FACEBOOK COMMENTS