काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम कार्ड प्रयोग गर्दा प्रयोगकर्ताले आफ्नो पिन नम्बर जो कोही व्यक्तिलाई सेयर नगर्ने आग्रह गरेको छ ।
बैंकले एक सुचना जारी गरी उक्त कुरामा प्रयोगकर्ताहरु सचेत रहन आग्रह गरेको हो । बैंकले एटीएम प्रयोग गर्दा खाताबाट पैसा काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्न र आवश्यक परेमा बैंकका कर्मचारीहरुसँग सम्पर्क गरी सहयोग लिन पनि आग्रह गरेको छ । अपरिचत मान्छेबाट टाढा रहन समेत बैंकको अपिल छ ।
FACEBOOK COMMENTS