काठमाडौं । केहि दिनदेखि उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)साताको कारोबारको दोस्रो दिन पनि सो यात्रा कायमै रहेको छ ।
आज नेप्से ४६.७६ अंकले बढेर दुई हजार दुई सय ११ दशमलब ३८ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज पाँच अर्ब ३१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार पाँच अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये १७३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज आठ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसका साथै आठ कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ भने ६ कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।
आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज २० करोड ६८ लाखभन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS