काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीले गोरखा जिल्लाको सल्लेरी बजारमा क्षति पुगेको छ । चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको स्थानीयको भनाइ छ ।
स्थानीयका अनुसार सल्लेरी बजारका साथै जगत बजारमा पनि क्षति पुगेको छ ।
नदीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई तत्काल सुरक्षित तथा उच्च स्थानमा जान आग्रह गरिएको छ ।
बाढी तल्लो तटीय क्षेत्रतिर गइरहेकाले उनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न सबैलाई अनुरोध गरिएको छ ।
