काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकारलाई विश्वासको मत दिने भएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले वर्तमान सरकारलाई समर्थन गर्दै विश्वासको मत दिने निर्णय गरेको हो । पार्टीका उपमहासचिव एवं पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो पार्टीले राखेका एजेण्डा पूरा नगरे कुनै पनि बेलामा समर्थन फिर्ता लिनेगरी विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए ।
उनले राष्ट्रियता, सुशासन देशको बिग्रिँदै गएको अर्थतन्त्र र सुधारका लागि उपर्युक्त राष्ट्रिय स्वाभिमान, सार्वभौम सत्ता, आदिका विषयमा अथवा विभिन्न राष्ट्रिय संवेदनशील विषयमा सरकारले आवश्यक काम गर्नुपर्ने शर्त रहेको पनि बताए।
उनले आफूहरुले विश्वासको मत दिएपनि सरकारमा भने सहभागी नहुने स्पष्ट पारे।
FACEBOOK COMMENTS