हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउन कार्यदल गठन गरेको छ ।
नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेका हुन् ।
कार्यदललाई बागमती प्रदेशमा उपयुक्त मन्त्रालयको संख्या सिफारिस गर्न १५ दिनको समय तोकिएको छ । पाँच सदस्यीय कार्यदलमा आर्थिक मामिला तथा योजना सचिव, आन्तरिक मामिला तथा कानून सचिव, मुख्यमन्त्री कार्यालयका कानून सचिव र मुख्यमन्त्री कार्यालयका प्रशासन महाशाखा सचिव रहेका छन् । आवश्यकता अनुसार अन्य मन्त्रालयका सचिव र विशेषज्ञलाई आमन्त्रण गरिने प्रमुख सचिव निरौलाले जानकारी दिए ।
यसैगरी पुस मसान्तभित्र संघीय सरकारमा पठाउनुपर्ने विशेष र समपुरक आयोजनाका सम्बन्धमा पनि निर्णय गरिएको उनले बताए ।
FACEBOOK COMMENTS