काठमाडौं । यूनाइटेड इन्स्योरेन्स इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले ५.२६३२ प्रतिशत लाभांश पारित गरेको छ ।
कम्पनीको आज भएको २९ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को चुक्ता पुँजीबाट ५ प्रतिशत बोनश सेयर र ०.२६३२ प्रतिशत नगत लाभांश पारित गरेको हो ।
कम्पनीका अनुसार , सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।
आर्थिक वर्षका लागी बाह्य लेखापरीषक एम. जि. एस एण्ड एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अुनपात बमोजिम संचालक समितिको गठन गर्ने तथा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसहमतिले पारित गरेको छ ।
कम्पनीेको गत आ.व.का को तुलनामा यस आ.व.मा बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भई १ अर्ब ५६ करोड ४५ लाख ८६ हजार रुपैयाँ पुगेको छ
FACEBOOK COMMENTS