काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १५ प्रतिशत बोनस र कर प्रयोजन सहित ६.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई उक्त लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS