काठमाडौं । नेपाल बैंकले लाभांश पारित गरेकाे छ ।
बैंकको ६३ औं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित १२ प्रतिशत लाभांश पारित गरेको हो ।
यससँगै बैंकका सेयरधनीले गत वर्षको नाफाबाट २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश पाउनेछन् । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार ९२७ रुपैयाँ भएको छ ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७९/८० का लागि चार्टर्ड एकाउण्टेण्ट त्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिर कुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गरेको छ ।
सभाले बैंकको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।
FACEBOOK COMMENTS