काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले गत वर्षको दाँजोमा १६.४७ प्रतिशत बीमा प्रिमियम संकलनमा वृद्धि हासिल गरेको छ ।
कम्पनीको आज सम्पन्न २५ औं साधारण सभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले देशमा विद्यमान आर्थिक तथा राजनैतिक अवस्थाको बाबजुत पनि कम्पनीले बीमा प्रिमियम संकलनमा वृद्धि हासिल गरेको बताएका हुन् ।
अध्यक्ष ढकालले २४औँ साधारण सभामा गरिएको भवन निर्माणको प्रतिबद्धताको बारेमा सभालाई जानकारी दिँदै समीक्षा वर्षमा कम्पनीको पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङ सहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको र निर्माण सम्पन्न पश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने पनि जानकारी दिए ।
त्यसै गरी कम्पनीले सातवटै प्रदेश र अनलाइनका मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आ.व. मा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी गराउँदै सेवामा विविधता र शाखारहित बीमामा प्रविधिको प्रयोग गरी सहज बीमा सेवा प्रदान गर्ने बताए ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहक, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी टिमको सहयोगबाट कम्पनी अघि बढिरहेको जिकिर गरे । यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गर्दै लगानीकर्ताहरुको भावना र सञ्चालक समितिको निर्देशन बमोजिम अगाडी बढिरहेको समेत सभालाई जानकारी गराए ।
कम्पनीले बीमाको पहुँचलाई देशको सबै क्षेत्रमा पु¥याउने लक्ष्यले ७ वटै प्रदेशबाट बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS